Logo
Logo

श्रीलंकामा अविरल वर्षाका कारण डुबान र पहिरोको मारमा


189
Shares

एजेन्सी । श्रीलंकामा अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले एक सातादेखि ठूलो मानवीय र भौतिक विनाश मच्चाइरहेको छ । देशका विभिन्न क्षेत्र डुबान र पहिरोको मारमा परेका छन् । बीबीसीका अनुसार हालसम्म कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ भने २१ जना अझै बेपत्ता छन् ।

The current image has no alternative text. The file name is: srilanka-flood.jpg

हालका वर्षहरूमा देखिएका जलवायु–सम्बन्धी प्रकोपमध्ये यो सबैभन्दा भीषणमध्ये एक मानिएको छ । विपद् व्यवस्थापन केन्द्रका अधिकारीहरूले चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा मात्रै गएराति गएको पहिरोले २१ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रभावित बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिँदै अस्थायी शिविरहरू स्थापना गरिएको छ । त्यहाँको मौसम विभागले आज पनि प्रतिकूल मौसम रहने चेतावनी जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्