Logo
Logo

अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्धामा रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा


1.8k
Shares

काठमाडौं । इन्जिनियर राम बहादुर रानाभाटले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

रानाभाटले गैरकानुनी रूपमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ कमाई गरेको अख्तियारको आरोप रहेको छ । विशेष अदालत, काठमाडौँले रानाभाटलाई गत भदौ ६ गते सफाइ दिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्