Logo
Logo
'नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिममा पहिलो शक्ति बन्छ'

ओलीलाई मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेको थिएँ: भीम रावल


945
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘मिसन ०८४’ असफल हुने र त्यसको सट्टा ‘पतन ०८४’ आउने चेतावनी आफूले पहिलेदेखि नै दिएको बताएका छन् ।

The current image has no alternative text. The file name is: bhim-1.jpg

शुक्रवार धनगढीमा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै रावलले भने, ‘मैले पहिलेदेखि नै भन्दै आएको थिएँ-मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ । आज केपी ओलीजी जेनजी आन्दोलनमा जलेका संरचनाको खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ ।’ उनले सुदूरपश्चिमका जनता अब राष्ट्रिय स्वाधीनताको झण्डा बोकेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा नेकपा ताजा जनादेशका लागि तयार रहेको र विगतका गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए ।

रावलले सुदूरपश्चिमबाटै आफ्नो पार्टी प्रदेशको पहिलो दल बन्ने दाबी पनि गरे । ‘यो सभाले सन्देश दिएको छ-नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिममा पहिलो शक्ति बन्दै छ । चुनावमा सबै जाति, भाषा, धर्म र क्षेत्रका जनता एकजुट हुनेछन्,’ उनले भने । 

यस्तै, सोही कार्यक्रममा अर्का नेता प्रकाश शाहले केपी ओलीको अहङ्कारका कारण नेकपा एमालेमा ‘पहिरो’ गएको र कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भएको आरोप लगाए । ‘केपी ओलीको अहङ्कारले एमालेमा पहिरो गइरहेको छ । उहाँ नेतृत्वमा आएपछि पार्टी पटक९पटक विभाजित भयो । नेपालीको गुन नपुगेर जेनजीको खुन माग्ने तानाशाही प्रवृत्तिलाई अब नेपाली कम्युनिस्ट पार्टीले कठालो समातेर जनतालाई न्याय दिनेछ,’ शाहले भने । 

उनले प्रचण्ड र माधव नेपालले फाटेको मन जोड्ने प्रयास गरेको उल्लेख गर्दै नेकपा फेरि छिन्नभिन्न नहोस् र आन्तरिक विवाद बाहिर नआओस् भन्नाका लागि नेतृत्वलाई सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्