Logo
Logo

अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि राजावादीलाई रोक्यो प्रहरीले


819
Shares

काठमाडौं । प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ । 

The current image has no alternative text. The file name is: bijulibajar.jpg

राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिवार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न खोजेको थियो । तर ठूलो सङ्ख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुग्नेहरूलाई त्यहाँबाट हटाएको थियो । सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ । यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरूले शनिवार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्