Logo
Logo

हुम्लामा निःशुल्क आँखा शिविर


315
Shares

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५२० जनाले उपचार गराएका छन् । 

The current image has no alternative text. The file name is: upchar.jpg

बिहीबारबाट सुरु भएको निःशुल्क आँखा शिविर तथा मोतीबिन्दु शल्यक्रिया शिविरमा ४० जनाको मोतीबिन्दु र एक जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताए ।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराको आर्थिक एवं प्राविधिक सहयोगमा तथा अदानचुली गाउँपालिकाको समन्वयमा सञ्चालित तीनदिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चश्मा वितरण गरिएको छ ।

अदानचुली गाउँपालिकालगायत छिमेकी गाउँपालिकाका मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताए । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । न्यूनदृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरण गरिएको बताए । 

शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले समन्वय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्