काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिवार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो ।

काठमाडौंबाट पोखरा उडेको बुद्धको उडान नम्बर ६१७ को जहाजमा चरा ठोक्किएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । जहाज सकुशल अवतरण भएपछि यात्रु बाहिरिएका थिए ।
चरा ठोक्किएको जहाजलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् । केही दिन अघि पनि यसैगरि पोखरामा जहाज चरासँग ठोक्किएको थियो ।














