Logo
Logo

नेताहरु व्यवस्थापन गर्न रास्वपाले बनायो संघीय नेतृत्व मञ्च


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेडरल लिडरसिप फोरम (संघीय नेतृत्व मञ्च) बनाएको छ ।
एकतामा आउने नेताहरू व्यवस्थापन गर्न शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले संघीय नेतृत्व मञ्च गठन गर्ने निर्णय गरेको हो ।

समान विचार, सिद्धान्त भएका पार्टी तथा व्यक्तिलाई रास्वपामा जोड्ने उद्देश्यका साथ मञ्च बनाउने निर्णय भएको
रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

आज मात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणासभा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्