Logo
Logo

एमाले प्रतिनिधिको निर्वाचनमा मन्त्री नै पराजित


9.4k
Shares

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा पराजित भएका छन् । 

The current image has no alternative text. The file name is: yamale-2-1.jpg

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ प्रतिनिधिको उम्मेदवार बनेका थापा पराजित भएका हुन् । खुलातर्फ दुई प्रतिनिधि छनोटका लागि १३ जना उम्मेदवार रहेका थिए ।  

सबै गरी पाँच जना प्रतिनिधिका लागि भएको निर्वाचनमा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन् ।

पाँच जना प्रतिनिधिका लागि यस क्षेत्रमा २७ जनाको उम्मेदवारी दर्ता भएको एमाले काठमाडोँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्