Logo
Logo

रास्वपा-विवेकशील साझाबीच एकता घोषणा


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको घोषणा गरिएको छ ।  काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । 

The current image has no alternative text. The file name is: ykata.jpg

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ। दुवै पार्टीबीच भएको सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी नाम रहने भएको छ । दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो।  

एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् । एकतापछि पनि पार्टीको चिह्न घण्टी नै रहने भएको छ । 

प्रतिक्रिया दिनुहोस्