चितवन । चितवनमा एक जनप्रतिनिधिसहित आठ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कालिका नगरपालिका–६ लालचोकमा भएको प्रहरी छापामारीमा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीसहित आठ जना नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेहरूमा कालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल, ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्।
प्रहरीले घटनास्थलबाट ७१ हजार २१० रुपैयाँ बरामद गरेको जनाएको छ।











