Logo
Logo

रास्वपामा प्रवेशपछि रञ्जु दर्शनाले भनिन्- बिलाउन होइन, मिलाउन आएकी हुँ


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समायोजन भएपछि नेता रञ्जु दर्शनाले आफू पार्टीभित्र शक्ति विस्तारका लागि होइन, एकता मजबुत बनाउन आएको स्पष्ट पारेकी छिन् ।

The current image has no alternative text. The file name is: ranju.jpg

काठमाडौंमा आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले केहीले आफू रास्वपामा ‘बिलाउन’ आएको टिप्पणी गरे पनि वास्तविक उद्देश्य भने पार्टीलाई ‘जोड्ने’ रहेको बताइन् ।
“माथि-माथि मात्र होइन, बारम्बार मिडियामा र एकता मन नपराउने साथीहरूबाट पनि सुनेँ ‘तिमीहरू बिलाउन गयौ’ भनेर । तर हामी यहाँ बिलाउन होइन, मिलाउन आएका हौं,” उनले भनिन्।

रञ्जुले विगतका टुटफुट र विभाजनबाट ठूलो पाठ सिकिएको उल्लेख गर्दै अबको राजनीति ‘जुट’ अर्थात् एकतामै टिक्ने बताइन् ।
“पहिले धेरै टुटफुट भोगियो। यतै आएर भाँडभैलो गरिन्छ कि भन्ने दुविधा पनि थियो। तर त्यही टुटफुटले नै सिकायो फुटेर होइन, जुटेर राजनीति अघि बढ्छ,” उनको भनाइ थियो ।

उनले नेपाललाई समृद्धिको मार्गमा लैजान वैकल्पिक राजनीतिक शक्तिले अब आगामी निर्वाचनमै बहुमत ल्याउनुपर्ने आवश्यकता जोड दिँदै भनिन्,
“हामीसँग धेरै वर्ष बाँकी छैन। यसपटक वैकल्पिक शक्तिले बहुमत जित्न सकेमात्रै आगामी एक दशकभित्र देशलाई विकासको दिगो मार्गमा लैजान सकिन्छ।”

प्रतिक्रिया दिनुहोस्