Logo
Logo

वडाध्यक्ष नै जुवाको खालमा भेटिएपछि…


1.6k
Shares

चितवन । पूर्वी चितवनमा एक जना जनप्रतिनिधिसहित आठ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
उनीहरूलाई कालिका नगरपालिका–६ स्थित लालचोकबाट शनिबार नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी समेत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाईं, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दंगाल, ५५ वर्षीय रामकुमार दंगाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।

उनीहरूको साथबाट ७१ हजार रुपैयाँ नगद तथा तास बरामद गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्