Logo
Logo

क्रिप्टो मुद्राको कारोबारमा संलग्न दुई जना पक्राउ


693
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रु ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

The current image has no alternative text. The file name is: bitcoine.jpg

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार शनिवार काठमाडौं महानगरपालिका-१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरुले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

बिचौलियाको काम गर्ने तीन जना पक्राउ 

राहदानी बनाई दिने भन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका-६ घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने १९ वर्षीय हेमन्तसिंह ओखेडा, काठमाडौँ महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ तथा प्यूठानको प्यूठान नगरपालिका बस्ने ३० वर्षीय दीपेश केएम रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

राहदानी विभाग त्रिपुरेश्वरको मूलगेटबाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पु¥याउने कार्य गरेको पाइएकाले तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस्