
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रष्टाचार मुद्दामा आफुलाई माफी दिन आग्रह गरेका छन् ।
ठगी, धोकाधढी र घुस लिएको अभियोगमा सुनुवाई चलिरहेका बेला नेतान्याहुले राष्ट्रपतिको कानुनी विभागमा लिखित पत्र पठाउँदै मुद्दामा आफुलाई माफी दिन भनेका हुन् ।
इजरायलमा प्रधानमन्त्री बहाल रहेकै बेला यस्तो छानविनबाट गुज्रने उनी पहिलो व्यक्ति हुन् । आफ्ना धनाढ्य राजनीतिक समर्थकहरुलाई मद्दत गर्नेगरी विभिन्न अवैध काम गरेको अभियोग उनीमाथि छ । तर कुनै पनि अभियोग पुष्टि भइसकेको छैन ।
नेतान्याहुले आफुमाथिका सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले सञ्चारमाध्यम, प्रहरी र न्यायालयले आफुलाई खेद्न खोजेको आरोप लगाउने गरेका छन् ।











