काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको छ ।

तिवारीबाट आठ तोला सुन बरामद गरिएको दोहा प्रहरीले जनाएको छ । उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो । दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीसँग आठ तोला सुन भेटिएको जनाइएको छ ।











