Logo
Logo

ओलीलाई प्रचण्डसँग ‘मर्निङ वाक’ गर्न रावलको चुनौती


693
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वृद्धहरूको पार्टी’ भनेकोप्रति आपत्ति जनाएका छन् ।

The current image has no alternative text. The file name is: bhim.jpg

सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बिहान बिहान हिंडेर देखाउन ओलीलाई चुनौती दिएका हुन् । 

रावलले भने, ‘उहाँ (केपी ओली) ले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौँ दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो । अब साँच्चै गर्ने नै हो भने त, हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग विराटनगरमा हिँडौँ न त । कसले हिँड्दो रहेछ बढी । अनि के को बुढा ? के को तन्नेरी ?’ उनले यस्ता भ्रममा नपर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्