विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल देश गम्भीर सङ्कटमा रहेको बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताए ।

उनले मार्क्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्त रहेको बताए । समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि एकता गरिएको बताए । उनले एमालेको शैलीले समाजवादसम्म नपुगिने बताए ।
आफ्नै कमजोर, विदेशी सड्यनत्रका कारण कम्युनिस्ट पार्टीहरू पटकपटक विभाजन भएको बताए । कृषि क्रान्तिका कार्यक्रम ल्याउने कम्युनिस्ट पार्टीले सत्तामा पुगेपछि एजेन्डा बिर्सिएको उनको भनाइ छ । कम्युनिस्ट पार्टीले सुरुदेखि नै कृषि क्रान्तिको एजेन्डा राखेको बताए ।











