काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद दुई महिना थपिएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रित कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म बढाउने निर्णय गरेको हो। १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरदेखि कार्यसमितिको म्याद समाप्त हुँदै थियो ।
कांग्रेसको विधानले विशेष परिस्थितिमा कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सकिने व्यवस्था गरेको छ । जेनजी आन्दोलनपछि बनेको असामान्य राजनीतिक परिस्थितिलाई कारण देखाउँदै सभापति देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति८८को जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको थियो ।











