Logo
Logo

प्रचण्डले फेरि उठाए ‘नागरिक फौज’ को एजेन्डा


504
Shares

विराटनगर । नेकपा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको रक्षा र स्वाधीनताका लागि नागरिक तहबाटै राष्ट्रिय फौज निर्माण गर्नुपर्ने एजेन्डा पुनः अघि सारेका छन् ।

The current image has no alternative text. The file name is: prachanda.jpg

विराटनगरमा आयोजित सन्देश सभामा उनले परम्परागत सेना–प्रहरी मात्रले देशको सुरक्षा सम्भव नहुने भन्दै तीन करोड नेपालीलाई नै ‘राष्ट्रिय फौज’को रुपमा तयार पार्नुपर्ने धारणा व्यक्त गरे।

जनयुद्धकालमा माओवादीले नागरिकलाई सैन्य तालिम दिने एजेन्डा अघि सारे पनि पछि त्यसमाथि कदम नचालेको स्मरण गर्दै प्रचण्डले जेनजी आन्दोलनपछिको परिस्थितिले नागरिक फौजको आवश्यकता फेरि पुष्टि गरेको बताए।

उनका अनुसार नेपालसँग अत्याधुनिक हतियार निर्माण गर्ने शक्ति नभएकाले बाह्य हस्तक्षेप र साम्राज्यवादी शक्तिसँग लड्न जनताको सामूहिक तागतनै सबैभन्दा ठूलो रक्षा शक्ति हो।

उनले भने, “यदि तीन करोड नेपाली नै देशका लागि मर्न–लड्न तयार भए दुनियाको कुनै शक्ति नेपाललाई हराउन सक्दैन। राष्ट्रको स्वतन्त्रता र स्वाभिमानका लागि नागरिक फौज आवश्यक छ।”

प्रचण्डले जनताको तागतले मात्रै साम्राज्यवादी शक्तिलाई पराजित गर्न सकिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्