Logo
Logo

गाईको मासु काट्दै गरेको अवस्थामा ६ जना पक्राउ


1.1k
Shares

काठमाडौं । चितवनमा गाईको मासु काट्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका १० बडगाउँस्थित केराबारीभित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो । 

The current image has no alternative text. The file name is: arrested-3.jpg

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनी खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्