Logo
Logo

यौनसम्बन्धी फुटेजका लागि दक्षिण कोरियामा १ लाख २० हजार बढी घरेलु क्यामेरा ह्याक


882
Shares

एजेन्सी । दक्षिण कोरियामा यौन सम्बन्धी फुटेजका लागि १ लाख २० हजारभन्दा बढी घरेलु क्यामेरा ह्याक भएको समाचार बाहिर आएको छ। घर र व्यवसायमा रहेका आईपी क्यामेरा ह्याक गरी ती फुटेजहरू प्रयोग गरी विदेशी वेबसाइटका लागि यौन सामग्री बनाएको आरोपमा चार जनालाई पक्राउ गरिएको छ, बीबीसीले जनाएको छ।

The current image has no alternative text. The file name is: camera.jpg

दक्षिण कोरियाको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार, आरोपीहरूले इन्टरनेट प्रोटोकल आइपी क्यामेराको पासवर्ड कमजोर हुने कमजोरीको दुरुपयोग गरेका थिए । यी क्यामेरा घरको इन्टरनेटमा जडान हुने र सुरक्षा, बच्चा वा घरपालुवा निगरानीका लागि प्रयोग हुने सामान्य उपकरण हुन् ।

ह्याक गरिएका क्यामेरा निजी घर, नाइट क्लब, पिलेट्स स्टुडियो र स्त्रीरोग क्लिनिकसम्म भेटिएका छन् । पक्राउ परेका चारै जनाले व्यक्तिगत रूपमा काम गरेको पाइएको छ ।

एकजनाले ६३ हजार क्यामेरा ह्याकगरी ५४५ यौनसम्बन्धी भिडियो उत्पादन र १२,२३५ अमेरिकी डलरमा बिक्री गरेका थिए ।
अर्का आरोपीले ७० हजार क्यामेरा ह्याक गरी ६४८ भिडियो बनाएका र १२,२५७ अमेरिकी डलरमा बिक्री गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्