Logo
Logo

एमाले प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश र जिल्ला इन्चार्जलाई


1k
Shares

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ ।

मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा एमालेले प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका सदस्य (प्रतिनिधि) लाई दिएको हो ।

सुदूरपश्चिमको बझाङ, कर्णालीको दैलेख र सल्यान, मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नम्बर १ र कोशीमा ओखलढुङ्गा र धनकुटामा विवाद देखिएको थियो ।

सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले कतिपय अन्तर्विरोध देखिएका केहि स्थानमा मिलिसकेको र कतिपयमा आज बेलुकासम्म विवाद मिलिसक्ने बताए ।

नेकपा एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरेर मङ्सिर १५ भित्र छनोट भएका प्रतिनिधिको नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो । तर, केन्द्रको सर्कुलर अनुसार प्रतिनिधिहरूको नाम तोकिएको समयमा केन्द्रमा आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्