Logo
Logo

करिब १३ लाख ७० हजार बराबरको काजु बरामद


1.4k
Shares

धनुषा । धनुषाको नगराईन नगरपालिका-२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मङ्सिर १५ गते १३ लाख ७० हजार बराबारको काजु बरामद गरेको छ ।

The current image has no alternative text. The file name is: kaju.jpg

भारतबाट अबैध रूपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ८ नम्बर गण धनुषाले उल्लेखित मूल्य बराबरको १ हजार ३७० किलोग्राम काजु बरामद गरेको हो । 

बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्