Logo
Logo

कटहरियाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


756
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगले कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउण्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी,सहायक स्तर पाँचौँ राम नरेश प्रसाद यादव,सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास,खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो ।

यसैगरी आयोगले सरिता फाउण्डेसन काठमाडौं र सरिता फाउण्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेनको नाममाचेक काटी मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा  रहेको छ । 

अख्तियारले उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो र कानुन अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्