Logo
Logo

महाधिवेशनबाट एकताको सन्देश दिन्छौँ: शंकर पोखरेल


378
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा देशभरका जनता, लोकतन्त्रप्रेमी र देशभक्तहरूलाई उपस्थित हुन हार्दिक आह्वान गरेका छन् । 

The current image has no alternative text. The file name is: sankar-pokharel.gif

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा वन तथा वातावरण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आह्वान गरेका हुन् । एमालेको एघारौँ महाधिवेशनको उद्घाटन आगामी मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुँदै छ । उक्त सभालाई एमालेले प्रतिगमनविरुद्धको सङ्घर्षको उत्कर्ष र पार्टी जीवनको उत्सवका रूपमा मनाउने तयारी गरेको छ ।

महासचिव पोखरेलले भने, ‘हामी एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठूलो जनसहभागिता भएको ऐतिहासिक समारोहका रूपमा आयोजना गर्न चाहन्छौँ । यो सभाले नेपालको प्रमुख राजनीतिक शक्तिको जनाधार कायमै रहेको स्पष्ट सन्देश दिनेछ ।’ उनले भने, ‘यो सभा प्रतिगमनविरुद्धको सङ्घर्षको उच्चबिन्दु र हाम्रो पार्टीको उत्सव दुवै हुनेछ । जनताको पक्षमा, लोकतन्त्रको पक्षमा र देशभक्तिको पक्षमा उभिएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई म हार्दिक आमन्त्रण गर्दछु ।’

महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएर एमालेले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको एजेन्डालाई थप बलियो बनाउन पनि महासचिव पोखरेलले सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्