Logo
Logo

सरकारले मङ्सिर २२ गते दुर्गा प्रसाईँलाई वार्ताका लागि बोलायो


315
Shares

काठमाडौं । सरकारले दुर्गा प्रसाईँलाई पत्र पठाउँदै वार्ताका लागि बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईँलाई पत्र लेखेर मङ्सिर २२ गते वार्तामा आउन आग्रह गरेको हो ।

The current image has no alternative text. The file name is: durga-prasai.jpg

पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर रहेको छ । सो पत्र प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।

प्रसाईँ हाल भारतको नयाँ दिल्लीमा रहेको बताइएको छ । प्रसाईँ दुई दिनअघि नयाँ दिल्ली गएका प्रसाईँ केही राजनीतिक भेटघाटमा रहेको जनाइएको छ । प्रसाईँ बुधवार नेपाल फर्किनेछन् ।

यसअघि प्रसाईँले १२ मङ्सिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईँले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।

कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले गृहमन्त्री अर्यालले प्रधानमन्त्रीकै तहमा छलफल हुनुपर्ने भनाइ राखेका थिए । सोही अनुसार प्रधानमन्त्रीको सचिवालयले प्रसाईँलाई पत्र लेखेर वार्तामा बोलाएको हो । वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्