Logo
Logo

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग


252
Shares

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूतावासले भरतपुर आँखा अस्पताललाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

लुम्बिनी र भरतपुरको तीन दिने भ्रमण गर्दै राजदूत अब्रार एच हासमीले एक कार्यक्रमबीच नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई कागजरहित प्रविधिको विकासका लागि १० लाख सहयोग हस्तान्तरण गरेका हुन् ।

सो रकम राजदूत हासमीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा राजदूत हासमीले स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्ने बताउँदै अस्पतालले विभिन्न गाउँ–बस्तीमा पुगेर सेवा प्रदान गरेकोप्रति प्रशंसा गरे ।

राजदूत हासमीले निरन्तर प्राप्त हुँदै आएको सहयोगले अस्पताललाई आधुनिक, दक्ष आधुनिक प्रविधितर्फ अघि बढ्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे । विगतमा झै आगामी दिनमा पनि आँखा उपचारमा पाकिस्तान सरकारका तर्फबाट नियमित सहयोग आदान प्रदान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्