Logo
Logo

प्रतिनिधिसभा विघटनविरूद्ध एमालेले दायर गरेको रिट संवैधानिक इजलासमा


1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

एमालेका नेताहरू महेश बर्तौला र सुनिता बरालले दायर गरेको रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

यसअघि प्रतिनिधिसभा पुनस्र्थापनाको मागदाबी लिएर १६ वटा भन्दा बढी रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ । रिटमा प्रधानमन्त्री सुशीला कार्कीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद् पुनस्र्थापना गर्न माग गरिएको छ ।

‘भदौ २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधि सभा पुनस्र्थापना सहित सो दिन कायम रहेका राज्यका सबै अङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ रिटमा माग गरिएको छ ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्