Logo
Logo

धनकुटामा पनि पुनः प्रतिनिधि छान्न एमालेको निर्देशन


1.2k
Shares

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको छ ।

यसआघि भएको प्रतिनिधि छनौट निर्वाचन विधि सम्मत नभएको भन्दै केन्द्रले पत्र पठाउँदै पुनः प्रतिनिधि छान्न जिल्ला कमिटीलाई निर्देशन दिएको हो । धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा छ ।

राई समूहले एकलौटी गरेको भन्दै पराजुली समूहले निर्वाचन बहिष्कार गरेको थियो । बहिष्कारबीच पनि राई समूहले प्रतिनिधिको नामावली पठाएको थियो । पराजुली समूहले असन्तुष्टि जनाउँदै उजुरी दिएको थियो । यहाँ मतपत्र समेत च्यातिएको थियो । अब धनकुटामा पुनः प्रतिनिधि छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्