Logo
Logo

लोडसेडिङ समाप्त भएको दिनमै कुलमानलाई अगुवा मानेँ : रिमा विश्वकर्मा


378
Shares

काठमाडौं । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देश अहिले परिणाममुखी नेतृत्वको खोजीमा रहेको बताउँदै युवालाई सक्रिय राजनीतिमा प्रवेश गर्न आग्रह गरेकी छन् ।

The current image has no alternative text. The file name is: rima.jpg

उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमा सबैभन्दा गहिरो प्रभाव पार्ने राजनीतिक निर्णय लोडसेडिङ अन्त्य नै भएको बताइन् ।

उनका अनुसार राजनीतिक चेत विकसित भएपछि सरकारको कुनै निर्णयले आफूलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको पहिलो क्षण यही थियो। ‘म जन्मिएदेखि राजनीतिक चेत बढ्दै जाँदा मेरो दैनिकीमा कुनै नेतृत्वले प्रत्यक्ष प्रभाव पारेको महत्त्वपूर्ण निर्णय लोडसेडिङ अन्त्य हो,’ उनले भनिन्।

रिमाले सोही दिनदेखि कुलमान घिसिङलाई आफ्नो ‘अगुवा’ मानेको उल्लेख गरिन् । ‘१८ घण्टे लोडसेडिङ अन्त्य गराएर हाम्रो घरमा उज्यालो ल्याउने व्यक्ति कुलमान घिसिङ नै हुन्। त्यसै दिन म उहाँलाई अगुवा मान्न थालेँ,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने अभियानमा हामी जुटिरहेका छौं । यो अभियान देशलाई माया गर्ने सबै नेतृत्वको हो।’

उनले सक्रिय राजनीतिमा आउने समय यही नै उपयुक्त क्षण भएको पनि स्पष्ट गरिन् ।
‘अब राजनीतिमा आउन ढिला भइसक्यो। सही समय आज नै हो,’ विश्वकर्माले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्