Logo
Logo

कुलमानको पार्टी घोषणा सभामा सुमना श्रेष्ठको उपस्थिति


819
Shares

काठमाडौं । कुलमान घिसिङले अघि बढाइरहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन्।

The current image has no alternative text. The file name is: sumana.jpg

रास्वपा छाडेपछि स्वतन्त्र रूपमा सक्रिय रहेकी श्रेष्ठ प्रज्ञा प्रतिष्ठानमा जारी घोषणा कार्यक्रममा देखिएकी हुन्।

उनी पनि नयाँ पार्टी निर्माणका प्रारम्भिक छलफलहरूमा केही चरणसम्म सहभागी भएकी थिइन्। तर अन्तिम सहमति नजुटेकाले उनी औपचारिक रूपमा जोडिन सकेकी थिइनन्।

उनी घोषणा सभामा शुभकामना दिन मात्रै पुगेकी हुन् कि पार्टीमै प्रवेश गर्ने तयारी हो—यसबारे भने अहिलेसम्म स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्