काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी नेतृ सुमना श्रेष्ठले आफू हाल एकता प्रक्रियामा सक्रिय रहेको प्रष्ट पारेकी छिन्।

बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा उपस्थित सुमनाले भनिन्, “सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ। म एकतामा छु।”
रास्वपा छोडेपछि उनले नयाँ राजनीतिक दलहरूको निर्माण प्रक्रियामा समेत सहभागी भएपनि अन्ततः उज्यालो नेपाल पार्टीमा सहभागी भएकी छैनन्।
सुमनाले नयाँ पार्टीहरूबीच एकताको आवश्यकतामा जोड दिँदै भनिन्, “यदि नयाँ दलहरूबीच मिलन भएन भने पुराना पार्टीहरूले अवसर पाउने छन्, त्यसैले सबैले एकता गर्नुपर्ने छ।”











