सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा बुधबार दलको बैठकले स्वीकृत गरेको छ ।

प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले छिट्टै नयाँ नेता तोक्ने निर्णय पनि गरेको छ।
शर्माले बिहीबार बिहान दलका सचेतक जिसीलाई ह्वास्स एपमार्फत राजीनामा पठाएका थिए । उनले राजीनामा दिने कारण सार्वजनिक गरेका छैनन् । पछिल्लो समय जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि शर्माले दलको नेताबाट राजीनामा दिएको माओवादी एक सांसदले बताए ।
कर्णाली प्रदेश सभामा ४० सदस्यमध्ये माओवादी केन्द्रका १३ जना सांसद रहेका छन् । राजकुमार शर्मा पार्टी छाडे पनि दलमा माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँग १३ सांसद कायम रहनेछन् ।











