Logo
Logo

देशको विकासमा नेतृत्व नै निर्णायक : कुलमान


252
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथि रहेर बोल्दै ऊर्जा मन्त्री कुलमान घिसिङले देश विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-2.jpg

उनले २००७ सालदेखि ७५ वर्षमा नेपालले आर्थिक वृद्धिमा मात्र ७५ गुणा प्रगति गरेको तर भारत र चीनले क्रमशः १५० र ३५० गुणा वृद्धि गरेको उदाहरण प्रस्तुत गर्दै सही नेतृत्व नहुँदा नेपालले अपेक्षित आर्थिक क्रान्ति गर्न नसकेको बताए ।

‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन देख्यौं। नेताहरू भाषणमा सफल भए, तर आर्थिक विकासको नेतृत्व गर्न असफल रहे,’ घिसिङले भने ।

उनले थपे, ‘राजनीतिक परिवर्तनका अवसरमा चीन र भारतले ठूलो आर्थिक उन्नति गरे, तर नेपालले केवल ७५ गुणा वृद्धि मात्र गर्न सक्यो। यहीँ हाम्रो असफलता देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्