Logo
Logo

क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै


1.3k
Shares

काठमाडौं । नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै राखिने भएका छन् ।

The current image has no alternative text. The file name is: pradip-adhikari-1.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार समय अभावका कारण बयान र थुनछेक बहस शुक्रबार मात्रै हुने छ ।

अधिकारी र भण्डारीसहित अन्य पाँच जनाविरुद्ध अख्तियारले १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ । प्रतिवादीमा उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रा.लि. र सो प्रा.लिका प्रमुख तथा निजी इन्जिनियरसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्