Logo
Logo

खेल सञ्चालन नहुँदा रङ्गशाला अलपत्र


378
Shares

दाङ । दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।

The current image has no alternative text. The file name is: deukhuri-rangasala.jpg

खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ ।

“करोडौँ लगानी गरेर रङ्गशाला निर्माण भएको छ”, समितिका इञ्जिनियर तुलसी अर्यालले भने, “तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ ।” खेल भएमा जति बेला पनि रङ्गशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उनले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गरे ।

“घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ”, इञ्जिनियर अर्यालले भने “तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ ।” विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उनको भनाइ छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले खेलतालिका बनाएर खेल खेलाएमा सहज हुने इञ्जिनियर अर्यालले धारणा राखे। रङ्गशालामा प्याराफिट पनि निर्माण भइसकेका छन् । तीन सय ९० सिट क्षमताको भिइपी प्याराफिट र दुई हजार सिटको दर्शक प्याराफिट निर्माण भइसकेको उहाँले जानकारी दिए । नगर विकास समितिले उक्त रङ्गशाला क्यानलाई हस्तान्तरण गर्न खोजिरहे पनि हुन सकेको छैन ।

हाल रङ्गशाला परिसरमा १५ वटा व्यापारिक सटर रहेकाले सोबाट रु एक लाख ५० हजार मासिक आम्दानी हुने गरेको इञ्जिनियर अर्यालले जानकारी दिए । यसअघि, सोही मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । रङ्गशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

रङ्गशालामा नेपाल प्रिमियर लिग एनपिएलका खेल सञ्चालन गर्न सक्ने क्षमताको रहेको क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदिप मज्गैयाले बताए । सरकारले यो रङ्गशालाको महत्व बुझ्न नसकेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्