Logo
Logo

पाकिस्तानसँगको व्यापार मार्ग पुनः खोल्न तालिबान सरकारको अघि सार्‍यो सर्त


441
Shares

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आश्वासन पाएमा मात्र अफगानिस्तानले पाकिस्तानसँगको व्यापार मार्गहरू पुनः खोल्ने कुरा दोहोर्‍याएको छ ।

The current image has no alternative text. The file name is: afgan.jpg

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले राजनीतिक दबाब वा अन्य अनुचित उद्देश्यका लागि प्रयोग नगर्ने आश्वासन दिएमा मात्र व्यापार र ट्रान्जिट बढाउनको लागि मार्गहरू पुनः खोल्ने निर्णय गरेको बताएका हुन् ।

मुजाहिदले पाकिस्तानले अवैध रूपमा व्यापार र ट्रान्जिट मार्गहरू बन्द गरेको आरोप लगाउँदै दुवै देशका जनता र व्यापारमा उल्लेखनीय असर परेको बताएका छन् ।

उनले अफगानिस्तानले धेरै देशहरूबाट आफ्नो आवश्यकताहरू पूरा गर्ने बताउँदै पाकिस्तानले भविष्यमा यी मार्गहरू राजनीतिक दबाब वा अन्य अनुचित उद्देश्यका लागि प्रयोग गरिने छैन भनी पाकिस्तानले आश्वासन दिएमा मात्र व्यापार र ट्रान्जिट बढाउनको लागि मार्गहरू पुनः खोल्ने निर्णय गरेको स्पष्ट गरेका छन् ।

मुजाहिदले यसको उद्देश्य भविष्यमा व्यापारी र जनताको अधिकार सुरक्षित रहेको सुनिश्चित गर्नु रहेको बताएका छन् ।

हालै, सीमावर्ती क्षेत्रहरूमा पाकिस्तान र अफगान तालिबान बीच धेरै झडपहरू भएका छन्, जसले व्यापारलाई उल्लेखनीय रूपमा असर गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्