Logo
Logo

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु


315
Shares

काठमाडौं । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको ट्रक कुठेगौडास्थित भित्री सडकमा दुर्घटना हुँदा सुर्नया–४ का २९ वर्षीय नरेश महराको मृत्यु भएको हो ।

मिनी ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडैले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्