Logo
Logo

उच्च पदस्थमाथि ज्यान मार्ने धम्की: दुई जना प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई धम्की दिने व्यक्तिसँग उनीहरूको सम्बन्ध र सम्पर्क देखिएपछि अनुसन्धानका लागि  प्रहरीले नियन्त्रणमा लिइएको हो ।

The current image has no alternative text. The file name is: dhamki.jpg

नियन्त्रणमा लिइएकाहरूको परिचय गोप्य राखिएको छ । केही दिनअघि ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ नामको लेटरहेडमा ‘चेयरमेन स् प्रकाश पाठक’ लेखिएको दुई पृष्ठको धम्कीपूर्ण पत्र सार्वजनिक भएको थियो ।

पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, पूर्वगृहमन्त्री रमेश लेखक, बालकृष्ण खाँण, पूर्वआईजीपी सर्वेन्द्र खनाल, ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायत दर्जनौँ प्रभावशाली व्यक्तिको नाम उल्लेख गर्दै गम्भीर धम्की दिइएको छ ।

पत्र सार्वजनिक भए लगत्तै प्रकाश पाठक नामको व्यक्तिले भिडियो सन्देश जारी गर्दै अख्तियार प्रमुख प्रेमकुमार राईलाई १० दिनभित्र राजीनामा नदिए ज्यान लिने धम्की दिएका थिए  । गम्भीर धम्की आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले सबै युनिटलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ भने अख्तियारले पनि प्रहरीसँग छलफल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्