Logo
Logo

एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच हात हालाहाल


1.3k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रवार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।

The current image has no alternative text. The file name is: yamale.jpg

उनीहरूले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

एमालेको महाधिवेशन उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदै छ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए ।

सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए । प्रतिनिधि छनोट विवादको सिलसिला देशका विभिन्न अरू ठाउँमा पनि हातपातका घटनाहरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्