Logo
Logo

हाम्रो पार्टी नेपाल र प्रधानमन्त्रीबीच छलफल 


756
Shares

काठमाडौं । हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसंग आग्रह गरेको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो ।

The current image has no alternative text. The file name is: chalphal.jpg

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस-आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताएका थिए । 

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभयो । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् ।

त्यस्तै उनले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्वका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्