काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ । यही मङ्सिर १६ र १७ गते चितवनमा बसेको केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको महासचिव सीपी गजुरेलले एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

पार्टीको साङ्गठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट विभाजित भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व मोहन वैद्यले हालै गजुरेललाई सुम्पेका हुन् ।












