काठमाडौं । पाकिस्तानी सेनाले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको बताएको छ ।

पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) नियुक्त गरिएको केही घण्टापछि सैनिक प्रवक्ता जनरल अहमद सरिफ चौधरीले इमरान खानविरुद्ध बोलेका हुन् ।
चौधरीले भने, ‘इमरान खान राष्ट्रिय सुरक्षाका लागि खतरा बनेका छन् ।’ चेतावनी दिँदै उनले भने, ‘कसैलाई पनि सेनाविरुद्ध मानिसहरूलाई उक्साउने अनुमति छैन ।’ शुक्रबार जनरल सरिफ चौधरीले कि इमरान खान र उनको पार्टीले सेनाविरुद्ध बोल्ने क्रमले सीमा नाघेको आरोप लगाएका छन् ।
उनले भने, ‘यसले अब राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा निम्त्याउँछ, जसलाई सेनाले सम्बोधन गर्न आवश्यक ठानेको छ ।’ उनले इमरान खानलाई मानसिक रूपमा बिरामीको आक्षेप लगाउँदै उनको राजनीतिक एजेन्डा सेनाविरोधी भएको जिकिर गरे ।











