Logo
Logo

फिफाले ट्रम्पलाई दियो ‘शान्ति पुरस्कार’


1k
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफाले शान्ति पुरस्कार प्रदान गरेको छ ।  शुक्रबार राति २०२६ को विश्वकपको समुह चरणको वाशिंटन डिसीस्थित केनेडी सेन्टरमा आयोजित ड्रको समारोहमा राष्ट्रपति ट्रम्पलाई फिफाको नयाँ ‘शान्ति पुरस्कार’ प्रदान गरेको थियो ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनले आफुले धेरै युद्ध रोकेको दाबि गर्दै नोबेल पुरस्कार पाउनुपर्ने धेरै पटक बताएका चाहन छन् ।

समाचारका अनुसार, ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध रहेको छ र इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउन गरेको प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार प्राप्त गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्