Logo
Logo

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचन लक्षित वाचापत्र निर्माणको तयारी तीव्र पारेको छ । यसका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले आज ९शनिवार० पार्टीका सबै तह र संयन्त्रबाट सुझाव सङ्कलन गर्दै छ ।

The current image has no alternative text. The file name is: rasapa-4.gif

प्रवक्ता मनिष झाका अनुसार साँझ भर्चुअल माध्यम (जुम) मार्फत व्यापक छलफल गरिनेछ । कार्यदलमा डा. वाग्लेसहित डा.अरनिको पाँडे, डा.नन्दन यादव र क्रान्तिशिखा धिताल सदस्य छन् । सँगै पार्टीले समग्र निर्वाचन तयारीलाई व्यवस्थित बनाएको छ । अधिवेशन, सङ्गठन विस्तार, समानुपातिकतर्फ उम्मेदवारी आह्वान, अनलाइन प्रशिक्षण, जिल्ला भेला तथा पूर्व उम्मेदवारहरूसँग छलफललाई तीव्रता दिइएको छ ।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउन अडिट समितिले काम थालेको छ भने राजनीतिक अध्ययन, निर्वाचन रणनीति र सञ्चारमाध्यम अध्ययन कार्यदलहरूले नीति निर्माणदेखि रणनीति तयारीसम्मको जिम्मेवारी सम्हालेका छन् । प्रचारप्रसारलाई पनि थप प्रभावकारी बनाइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्