Logo
Logo

प्रतिस्पर्धा नगरी ओली कै नेतृत्वमा पार्टीलाई अघि बढाऔँ: शंकर पोखरेल


441
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी ११औँ महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा गर्ने मनस्थिति नरहेको र पार्टीको हितमा केपी शर्मा ओलीकै नेतृत्वमा एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिवार पार्टीको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाधिवेशनले एमालेलाई थप सुदृढ, सङ्गठित र एकताबद्ध बनाउने दाबी गरे ।

The current image has no alternative text. The file name is: sankar-pokharel.gif

उनले मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने भव्य उद्घाटन समारोहमा व्यापक सहभागिताका लागि सबैमा अपिल पनि गरे । उनले भने, ‘यो उद्घाटन समारोहलाई हामीले प्रतिगमनविरुद्ध जनपरिचालनको संकेत र महाधिवेशनको उत्सवको रूपमा प्रस्तुत गर्नेछौँ ।’ पोखरेलले देशको विकास र समृद्धिको स्पष्ट खाका एमालेबाट मात्रै बन्न सक्ने जिकिर गरे ।

उनले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी प्रहारलाई व्यक्तिमाथिको मात्र नभई एमालेको नीति र सिङ्गो राष्ट्रलाई कमजोर बनाउने षड्यन्त्रको रूपमा लिनुपर्ने बताए । राष्ट्रिय राजनीति अहिले पनि एमाले र केपी ओलीकै वरिपरि घुमिरहेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनबाट पनि ओली नै सर्वसम्मत अध्यक्ष बन्ने विश्वास व्यक्त गरे । अध्यक्ष पदमा प्रतिस्पर्धाको घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई इङ्गित गर्दै शङ्कर पोखरेलले भने, ‘अहिलेको आवश्यकता प्रतिस्पर्धा होइन, एकता हो । एकताबद्ध रूपमा केपी ओलीको नेतृत्वमा अघि बढौँ ।’

प्रतिक्रिया दिनुहोस्