बुटवल । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका-५, लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाटको उद्देश्यले अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सो क्रममा पसल सञ्चालक १८ वर्षीय दीपक सुनारमाथि गोली लागेको छ । उनको टाउकोमा गोली लागेको र अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लमही र जिल्ला प्रहरी कार्यालय दाङबाट टोली खटिइसकेको छ ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । लुटेरा समूह फरार रहेको प्रहरीले जनाएको छ ।











