काठमाडौं । भारतको नागरिक उड्डयन मन्त्रालयले इन्डिगोलाई ढिलाइ नगरी यात्रुहरूलाई बाँकी रहेको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले डिसेम्बर ७, २०२५ आइतबार राति ८ बजेसम्ममा रद्द गरिएका वा प्रभावित सबै टिकटको रकम फिर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । विमान कम्पनीलाई उडान रद्दबाट प्रभावित भएका यात्रुहरूबाट कुनै पनि पुन: तालिका शुल्क नलिन पनि निर्देशन दिइएको छ ।
मन्त्रालयले फिर्ता प्रक्रियामा कुनै पनि ढिलाइ वा पालना नगरेमा तुरुन्तै कारबाही गरिने चेतावनी दिएको छ । इन्डिगोले शुक्रवार राति विज्ञप्ति जारी गर्दै असङ्ख्य उडान रद्द र ढिलाइको लागि माफी मागेको र पैसा फिर्ता गर्ने र अर्को टिकट किन्ने सुविधा दिने बताएको थियो ।
एयरलाइन्सले सबै यात्रुहरूलाई रद्द गरिएका उडानहरूको लागि चाँडै फिर्ता गरिने आश्वासन दिएको छ ।











