काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुन सक्ने अनुमान गरिएको छ ।

अहिले उद्धारको काम चलिरहेको छ । एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लाने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।











