Logo
Logo

दक्षिण अफ्रिकाको होस्टेलमा गोलीबारी, कम्तीमा ११ जनाको मृत्यु


0
Shares

काठमाडौं । दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: afrika.jpg

राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपमा शनिवार बिहान बन्दुकधारीहरूले एक होस्टलमा आक्रमण गरेका थिए । आक्रमणमा चौध जना घाइते भएका छन् । ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षीय बालक पनि रहेको बताइएको छ ।

प्रहरीले कम्तीमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको बताएको छ । गोलिवारीमा कुल २५ जनालाई गोली लागेको छ । आक्रमणको उद्देश्य अझै थाहा नभएको र यस घटनामा कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्